बुधबार, माघ २८, २०८२
दोलखामा यात्रुवाहक बस एक आपसमा ठोक्किँदा २२ जना घाइते

दोलखा : दोलखामा यात्रुवाहक बस दुर्घटना भएको छ । दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा यात्रुवाहक बस एक आपसमा ठोक्किँदा २२ जना यात्रु घाइते भएका छन् ।

आइतबार दिउँसो काठमाडौंबाट मैनापोखरी आउँदै गरेको प्रदेश–३–०१–००५ ख ९६९६ नम्बरको बस विपरीत दिशाबाट काठमाडौं जाँदै गरेको बा ३ ख ७४६३ नम्बरको बससँग आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको चरीकोटको पशुपति चौलागाईँ स्मृति अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय