भ्यानले ठक्कर दिँदा छोराको मृत्यु, आमा घाइते

काठमाडौँ : काठमाडौँ स्थित बल्खुमा पैदल हिँडेका आमा–छोरालाई भ्यानले ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन् ।

बा १३ च ६४१९ नम्बरको भ्यानले आज दिउँसो पैदल हिँडिरहेका आमा–छोरालाई भ्यानले एकै साथ ठक्कर दिँदा भारत घर भएकी योगिता बन्सुरका पाँच वर्षीय छोरा आयुषको मृत्यु भएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ । प्रहरीका अनुसार घाइते योगिताको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ ।

ठक्कर दिने चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस