संरक्षित वन्यजन्तु भालुको पित्तसहित दुई जना पक्राउ

काठमाडौँ : संरक्षित वन्यजन्तु भालुको पित्तसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार जोरपाटीस्थित नयाँ बस्तीबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका– २ का ५३ वर्षीय हरिओम रसाइली र रुपन्देही बुटवल उपमहानगरपालिका– ३ का ३२ वर्षीय भजिन्द्र दर्जी रहेका छन् ।

संरक्षित वन्यजन्तु भालुको पित्त बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरमाथि निगरानीबढाएको थियो। सोही क्रममा उनीहरूलाई पक्राउ गरिएको सिआइबीको भनाइ छ। उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस