ठगी गरेको अभियोगमा बनेपाका खड्का पक्राउ

काभ्रे : ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-७ बस्ने ३६ वर्षीय अमर बहादुर खडकालाई  प्रहरीले पक्राउ गरेको छ ।

धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भएका  खडकालाई शनिबार प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो ।

जिल्ला अदलात कैलालीको २०७८ चैत ८ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना कैद तथा १५ हजार जरिवान र ६५ लाख क्षतिपूर्ति भराइ दिने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस