
काभ्रे : इलाका प्रहरी कार्यालय बनेपाले लागू औषध नियन्त्रणका लागि गाँजा खेती फडानी गरेको छ ।
आइतबार बनेपा नगरपालिका वडा नं १० क्षेत्रमा प्रहरीले गाँजा नष्ट गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाको सक्रियतामा उक्त क्षेत्रको गाँजा फडानी गरिएको हो ।
लागू औषधको रुपमा रहेको गाँजालाई प्रहरीले गाउँ–गाउँ पुगेर नष्ट गर्न सुरु गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख नारायण थापाले जानकारी दिए । उनका अनुसार लागू औषधको रुपमा प्रयोग हुने गाँजालाई स्थानीयले बेचविखन गर्न थालेपछि अभियान नै चलाएर नष्ट गर्न सुरु गरिएको हो ।