हतियारसहित ३ जना भारतीय नागरिक पक्राउ

बुटवल : हतियारसहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी क्षेत्रबाट गएराति राति साढे ८ बजे हतियारसहित तीनजना भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीबाट प्रहरी निरीक्षक युवराज जंग कार्कीको कमान्डमा गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत जिल्ला सिद्धार्थनगर बस्ने ३४ वर्षीय ‘चिनक’ भनिने मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय को आसिक अलिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेद पौडेलले जानकारी दिए ।

पक्राउ परेकाहरूमध्येबाट मोटरसाइकल चालक चिनकको दाहिने कम्मरपेटीबाट कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, केएफ–९ एमएम लेखिएको दुई राउन्ड गोली र चक्कु एक थान फेला परेको प्रहरीको भनाइ छ ।

उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस