बारामा करेन्ट लागेर एक बालकको मृत्यु

बारा : बारामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । पानी तान्ने मोटर चलाउँदा बारा परवानीपुर गाउँपालिका–५ बहुअरी बस्ने उपेन्द्रप्रसाद पटेलका ११ वर्षीय छोरा प्रिन्स पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रिन्सलाई आफ्नो घरमा जडान भएको पानी तान्ने मोटर चलाउने क्रममा आज बिहान साढे ९ बजे करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।उनका अनुसार घटना घटे लगत्तै उनलाई उपचारका लागि नारायणी बयोधा अस्पताल वीरगञ्ज पठाइएको थियो।

प्रिन्सको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस