लुइज युरोपियन क्लब फर्कन सक्ने

ब्राजिलियन डिफेन्डर डेभिड लुइज युरोपियन क्लब फुटबलमा फर्कन सक्ने भएका छन् । अनुभवी सेन्टर ब्याक लुइजलाई इटालियन क्लब इन्टर मिलानले अनुबन्धका लागि चासो देखाएको छ ।

३५ वर्षीय डिफेन्डर ब्राजिलियन क्लब फ्लामेन्गोबाट खेलिरहेका छन् । गत वर्ष उनी प्रिमियर लिग क्लब आर्सनलबाट घरेलु क्लब फ्लामेन्गोमा अनुबन्धित भएका थिए ।लुइजले फ्लामेन्गोसँग एक वर्षको सम्झौता गरेका थिए ।

ब्राजिलियन क्लबसँगको सम्झौता सकिएपछि उनी फ्री ट्रान्सफरमा इटाली आउने सम्भावना रहेको छ । आर्सनल अघि लुइजले चेल्सीबाट खेलेका थिए । सन् २०१९ मा चेल्सीबाट उनी आर्सनलमा अनुबन्धित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस