सलोन र शिल्पा अभिनित फिल्म ‘मिलन’ तिहारमा प्रदर्शन हुने
सोमबार, आषाढ २०, २०७९ | १७:३१:३७

काठमाडौं : सलोन बस्नेत र शिल्पा थापा अभिनित फिल्म ‘मिलन’ तिहारमा प्रदर्शन हुने भएको छ ।
६ महिनाअघि छायांकन सकिएको यो फिल्मको डबिङ पनि सकिएको छ । फिल्ममा सलोन र शिल्पासहित कुशल ठकुरी, शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल लगायतको मुख्य भूमिका छ ।
शिल्पाको यो पहिलो फिल्म हो । उनी टिकटकमा समेत चर्चित छन् । उनलाई लाखभन्दा बढीले टिकटकमा फलो गरेका छन् । तीनवटा गीत समावेश फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन छ ।
प्रवीण थापाले निर्माण गरेको उक्त फिल्मको छायांकन राहुल राईले गरेका छन् भने सम्पादन तारा थापा किम्बेले गरेका छन् । त्रिकोणात्मक कथावस्तुमा आधारित फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । राईले यसअघि फिल्म मट्टीमाला र माया पिरिम निर्देशन गरिसकेका छन् । ‘मिलन’मा पटकथा पनि उनैले लेखेका हुन् ।