हैजा महामारी नियन्त्रणका लागि काभ्रे प्रहरीको स्वास्थ्य अनुशिक्षण कार्यक्रम

काभ्रे : पछिल्लो समय देशभर फैलिदै गएको हैजा महामारी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेले स्वास्थ्य अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको समन्वय र सहकार्यमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा आज (सोमबार) हैजा महामारी नियन्त्रणका लागि अनुशिक्षण कार्यक्रम गरिएको हो ।

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख बरिष्ठ स्वास्थ्य अधिकृत डा.पुरुषोतम राज सेढाईको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो । स्वास्थ्य अनुशिक्षण कार्यक्रममा हैजा भनेको कस्तो खालको रोग हो ? यसका लक्षण, कसरी संक्रमण फैलन्छ ? कसरी जोगिने ? यसको रोकथाम कसरी गर्ने ? विषयमा प्रस्तुतीकरण दिइएको थियो ।

हैजा महामारी तथा यसको नियन्त्रण सम्बन्धि स्वास्थ्य अनुशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत ५६ जना प्रहरी अधिकृत तथा जवानहरुको सहभागितामा स्वास्थ्य प्रशिक्षण कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस