रामेछापमा बस दुर्घटना : ९ जनाको मृत्यु, २५ यात्रु घाइते
मंगलबार, आषाढ २१, २०७९ | १३:५३:४०
रामेछाप : रामेछापमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने २५ यात्रु घाइते भएका छन् ।
रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ५ पुरुष र ४ महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते तीन जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको र बाँकी घाइतेलाई एम्बुलेन्सबाट काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको छ ।