आइतबार, बैशाख ०६, २०८३
काठमाडौँ उपत्यकामा थप दुई जना हैजाका बिरामी भेटिए

काठमाडौं : काठमाडौं उपत्याकामा दुई जना बालकमा हैजाका बिरामी भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो समय कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको हो।

कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको महाशाखाले जनाएको छ। योसँगै काठमाडौं उपत्यकामा उपत्यकामा हैजाका बिरामी १९ पुगेको महाशाखाका हैजा रोगका सम्पर्क व्यक्ति डा.खगेश्वर गेलालले बताए।

हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्ध बनाइएको पानी पिउन, खाना बनाउनु अघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुन चिकित्सकले सुझाव दिँदै आएका छन्।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय