रामेछाप बस दुर्घटना अपडेट : काभ्रेका चार जना सहित १३ जनाको मृत्यु

काभ्रे : रामेछापमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । दुर्घटनामा परी मृत्यु हुने १३ जना मध्ये ९ जनाको मात्र पहिचान खुलेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मृत्यु हुनेमध्ये चार जना काभ्रे जिल्लाका रहेका छन् ।

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ४ काभ्रेका कमल तामाङ, पाँचखाल नगरपालिका वडा नम्बर ८ काभ्रेका सुदीप बस्नेत, मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ का शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका वडा नम्बर ५ का कुलबहादुर विकको दुर्घटनामा परी मृत्यु भएको हो ।

त्यस्तै रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर ५ ठूलो तामाङ, सन्जु आलेमगर, विपना तामाङ र खटबहादुर तामाङ, सुनापति गाउँपालिका वडा नम्बर ४ की समिता तामाङको बस दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये २० जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए। रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस रामेछापको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा आज बिहान दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस