जबरजस्ती करणी मुद्दामा फरार रहेका भुम्लुका दावा तामाङ पक्राउ
मंगलबार, आषाढ २१, २०७९ | २१:२९:५७

काभ्रे : जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भुम्लु गाउँपालिका वडा नं ३ का ४६ वर्षीय दावा तामाङ रहेका छन् । तामाङलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दामा फरार रहेका तामाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७२ वैशाख ८ गते २ वर्ष ६ महिला कैदको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका तामाङलाई प्रहरीले आज असार २१ गते भुम्लु गाउँपालिकाको वडा नं ३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको छ ।