विगो मुद्दामा फरार रहेकी बनेपाकी सन्तोषी बस्नेत चार वर्षपछि पक्राउ
मंगलबार, आषाढ २१, २०७९ | २२:०२:५१
काभ्रे : विगो मुद्दामा फरार रहेका एक जना प्रतिवादी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर जिल्ला टिकाथली –९ स्थायी घर भई जिल्लाको बनेपा नगरपालिका वडा नं ७ बस्ने ४५ वर्षीय सन्तोषी बस्नेत रहेकी छिन् । उनलाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको हो ।
बैना रकम दिलाई पाउँ भन्ने विगो मुद्दामा बस्नतेलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७५ फाल्गुण २९ गते विगो रकम रु.१,२६,००,०००। बापत २ वर्ष कैद सजाय फैसला गरेको थियो ।
अदालतको फैसलापछि फरार रहेकी बस्नेतलाई प्रहरीले असार २० गते बनेपा नगरपालिका वडा नं ७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका बस्नेतलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको छ ।