आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ : सरकाले आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको छ । असार २६ गते आइतबारका दिन इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद परेकाले सो दिन देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । नेपाल राजपत्र २०७८/११/२६ मा सूचनामा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको बकर इद (इद उल अजहा) का दिन बिदा दिने व्यवस्था रहेको र उक्त पर्व वि.स. २०७९/३/२२ गते आइतबार पर्ने भनि मुस्लिम आषोगबाट अनुरोध भइ आएकाले असार २६ गते सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको जारी सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस