नेपालमा ओमिक्रानको नयाँ प्रजाति ‘बीए५’ : दुई जनामा संक्रमण पुष्टि

काठमाडौं : नेपालमा दुई जनामा ओमिक्रोनको उपप्रजातिका ‘बीए५’ भेरिएन्टको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको ३२ वटा नमुनको जीन सिक्वेन्सिङ परीक्षण गर्दा दुई जनामा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए५’ पुष्टि भएको मन्त्रालयको प्रवक्ता डा.संगिता मिश्राले जानकारी दिइन् ।
उनका अनुसार बाँकी २८ नमुनामा बीए प्वाइन्ट टू र दुईजनामा बीए प्वाइन्ट वान देखिएको छ । प्रयोग शालामा हरेक दुई हप्तामा जीन सिक्वेन्सिङ गर्ने गरेको डा.मिश्राले बताईन् । बीए प्वाइन्ट फोर र बीए प्वाइन्ट फाइभ भेरियन्टका दुई नयाँ उपप्रजातिहरूका कारण कोरोनाभाइरस सङ्क्रमण दर विश्वभर पुनः बढिरहेको छ ।
ओमिक्रानका लक्षणहरु शरीर दुख्ने र असहज हुने, थकान महसुस हुने, टाउको र शरीरका मांशपेशी दुख्ने, शरीर हल्का तातिएको महसुस हुने‚ नाकबाट पानी आउने र बन्द हुने‚ ज्वरो आउने रहेको चिकित्सक बताउछन् ।