विभिन्न मुद्दामा फरार रहेका काभ्रेका तीन प्रतिवादी पक्राउ
काभ्रे : विभिन्न मुद्दामा फरार रहेका काभ्रेका तीन प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा फरार रहेका बनेपा नगरपालिका वडा नं ६ का ३९ वर्षीय राम प्रसाद दाहाललाई १६ वर्ष पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सवारी ज्यान मुद्दामा फरार रहेका दाहाललाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले दाहाललाई २०६३ साल पौष १६ गते सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका दाहाललाई १६ वर्षपछि बनेपा नगरपालिका वडा नं ६ बाट आज असार २२ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
त्यस्तै कुटपिट तथा अंगभंग मुद्दामा फरार रहेका भुम्लु गाउँपालिका वडा नं २ सिमथलीका २९ वर्षीय विक्रम खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुटपिट तथा अंगभंग मुद्दामा फरार रहेका खड्कालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७८ साल वैशाख १३ गते सजायको फैसाल सुनाएको थियो ।
अदालतको फैसलापछि फरार रहेका खड्कालाई प्रहरीले आज असार २२ गते भुम्लु गाउँपालिका वडा नं ६बाट पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए ।
त्यस्तै कुटपिट मुद्दामा फरार रहेका अर्का प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका वडा नं ८ का ५९ वर्षीय हर्क बहादुर राई रहेका छन् ।
उनलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०६६ साल असार २४ गते सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका राईलाई प्रहरीले आज असार २२ गते पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको छ ।
्