सुनको मूल्यमा भारी गिरावट : कतिमा हुदैँ छ कारोबार ?

काठमाडौं : नेपाली बजारमा  सुनको मूल्यमा आज पनि भारी गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार एक सय र चाँदीको मूल्य ११ सय ८५ रुपैयाँ तोकिएको छ । बुधबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

बुधबार ९६ हजार रुपैयाँमा छापावल र ९५ हजार ५ सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस