हतियार देखाई धाकधम्की दिने दुई जना प्रहरीको नियन्त्रणमा

बारा : सिम्रौनगढ नगरपालिका-१ नम्सगराढाठ बस्ने २९ वर्षीय अनिल मुखिया र सोही ठाउँ बस्ने २५ वर्षीय गुड्डु मुखियालाई १ थान कटुवा पेस्तोल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नम्सगराढाठ पोखरीको डिलमा उनीहरूले हतियार देखाई धाकधम्की दिईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पेस्तोल फेला पारी उनीहरूलाई पक्राउ गरेको   हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस