काठमाडौँका सडकमा विद्युतीय बस सञ्चालन

काठमाडौं : काठमाडौँका सडकमा आजबाट विद्युतीय बस सञ्चालनमा आएको छ ।

साझा यातायातले काठमाडौं उपत्यकाको सार्वजनिक यातायातमा विद्युतीय प्रणालीको बसलाई सञ्चालनमा ल्याएको छ । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बस आज बिहीबारदेखि काठमाडौँमा सञ्चालन ल्याएको हो। पहिलो चरणमा ल्याइएका बिजुली बस परीक्षण गरेर नम्बर प्लेट र रुटसमेत लिएर सञ्चालनमा ल्याउन लागिएको हो ।

बिहीबार बिहान ११ बजे साझाको पुलचोकस्थित कार्यालयबाट ती बसहरूले औपचारिक रूपमा सेवा शुभारम्भ गरिएका छन्। यी बसमा महिला चालक र सहचालकको पनि व्यवस्था गरिएको छ ।

चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा यी बस तयार भएका हुन् । सरकारकै बहुमत सेयर रहेको साझा यातायात सहकारीसँग अहिले ७४ वटा ठूला बस छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस