नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी राईलाई

काठमाडौँ : नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डिआईजी) टेक प्रसाद राईलाई दिइएको छ । आईजीपी धिरज प्रताप सिंहले बिहिबार डीआईजी राईलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी विष्णुकुमार केसीको सरुवा भएको छ । गृहमन्त्रालयले बुधवार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत केसीलाई अपराध अनुसन्धान विद्यालयमा सरुवा गरेको थियो ।

राई असार १७ मा डीआईजीमा बढुवा भएका थिए । बढुवापछि उनलाई गृह मन्त्रालयले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय