२७० किलो गाँजासहित २ जना भारतीय नागरिक पक्राउ

वीरगञ्ज : २७० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला महोत्तरी ग्राम सेमरी वडा नं. ११ बस्ने २७ वर्षीय विजेशकुमार यादव र बिहार पूर्वी चम्पारणका ५० वर्षीय धर्मेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका २१ परवानीपुरको बाटो हुँदै लागु औषध गाजा ओसार पसार भइरहेको सूचनाको आधारमा बिहीबार बिहान साढे ८ बजे गाजा बरामद गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीले जानकारी दिए ।

उनका अनुसार गोप्य सूचनाको आधारमा युपी २१ एएन ९९५७ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा २७० के.जी गाजा बरामद गरिएको हो । प्रहरी सवारीसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस