स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते

सिरहा : सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । सिरहाको सिरहा नगरपालिका–१२ मा बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस बिहीबार बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस