बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-१० सामाखुसी बस्ने उदयपुर त्रियुगा नगरपालिका-१३ चुहाडे घर भएका ६० वर्षीय केदार गिरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ ६ गतेको फैसलाले ७ दिन कैद र २० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर सानेपाबाट पक्राउ गरेको    हो ।

केदारले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्यानमा पारी २०७६ कात्तिक १५ गते प्रभु वैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस