आँप टिप्ने क्रममा रुखबाट लडेर भुम्लुमा एक पुरुषको मृत्यु

काभ्रे : जिल्लाको भुम्लु गाउँपालिकामा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं ५ का ४२ वर्षीय नबिन लामााको ररुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

हालसम्म प्राप्त भएको विवरण अनुसार आँप टिप्ने क्रममा रुखबाट लडेर लामाको मृत्यु भएको भन्ने खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार घटनाबारे थप विवरण आउन बाँकी रहेको र थप अनुसन्धानका लागि प्रहरीको टोली घटना स्थल पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस