दुई दिन लगातार घटेको सुनको मूल्य, आज स्थिर
शुक्रबार, आषाढ २४, २०७९ | ११:५८:३६
काठमाडौँ : दुई दिन लगातार घटेको सुनको मूल्य आज भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै एक हजार २७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।