बनेपाका फुटपाथमा व्यापार/व्यवसाय गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाइने

काभ्रे : जिल्लाको बनेपा नगरपालिकाले बजार क्षेत्रका फुटपाथमा व्यापार/व्यवसाय गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र अरनिको राजमार्ग र अन्य मुख्य सडकको दाँयाबाया रहेको फुटपाथ लगायतका सार्वजनिक स्थानमा अनुमति बेगर व्यापार व्यवसाय नगर्न आग्रह गरेको छ ।

नगरपालिकाद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘नगर क्षेत्रभित्र अरनिको राजमार्ग र अन्य मुख्य सडकको दाँयाबाया रहेको फुटपाथ लगायतका सार्वजनिक स्थानमा अनुमति बेगर विभिन्न प्रकारका व्यापारिक सामग्री राख्ने, ठेला, रिक्सा लगायतका साधन राखी व्यापार गर्ने जस्ता कारणले सडक दाँयाबायाको स्थान अस्तव्यस्त भइरहेकाले सडक दाँयाबायाको फुटपाथ लगायतको सार्वजनिक प्रयोगको स्थानमा व्यापारिक सामग्री नराख्न यस अगाडि पनि पटक पटक सूचित गर्दा समेत अटृर गर्ने गरेको पाइएकाले सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

श्रावण १ गतेबाट उल्लेखित बमोजिमका क्षेत्रमा व्यापार व्यवािय गर्न तथा व्यापारिक सामग्री राख्न पूर्ण रुपमा प्रतिबन्ध लाग्ने भएकाले सम्बन्धित सबैले आजैका मितिबाट उल्लेखित बमोजिमका स्थानमा राख्ने गरेका व्यापारिक वस्तु तथा निमार्ण सामग्रीहरु हटाई नगर सौन्दर्यकरणको कार्यमा साथ र सहयोग प्रदान गरिदिनुहुन नगरपालिकाको अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस