जुवातास खेलिरहेको अवस्थामा सिन्धुलीबाट सात जना पक्राउ
शुक्रबार, आषाढ २४, २०७९ | १३:५७:३१
सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-६ धुराबजारस्थित सुवर्ण होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक घ्याङ्लेख गाउँपालिका-४ स्थायी घर भएका ५६ वर्षीय चतुर्मान लो समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त लजमा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ५ सय रूपैयाँ र २२ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।