भक्तपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा, स्कुटर चालकको मृत्यु

भक्तपुर : भक्तपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ पिखेलमा बा।५ ख ५४२३ नम्बरको ट्रकमा बा।६७ प ८४२२ नम्बरको स्कुटर बिहीबार ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ३२ वर्षीय माधव बस्नेत रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस