मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु
आइतबार, आषाढ २६, २०७९ | १२:५३:३६

झापा: झापामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका–६ कप्तानबारी चोकमा मोटरसाइकल दुर्घटना हुदाँ पाँचथरको फिदिम नगरपालिका–५ का अन्दाजी २५ वर्षीय कुमार खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान ६ बजे विर्तामोड–शनिश्चरे सडकखण्ड अन्तर्गत कप्तानबारी चोकमा खनालले चलाएको बा ४२ प १२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ७ फिट तल खसेर दुर्घटना हुदाँ खनालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनी झापाले जनाएको छ ।