काठमाडौँको फोहर व्यवस्थापनमा फेरि समस्या

काठमाडौँ : काठमाडौँ उपत्यकाको फोहर फाल्ने गरिएको बञ्चरे डाँडामा जाने सडक पानी परेका कारण बिग्रिएपछि फोहर व्यवस्थापनमा फेरि समस्या भएको छ ।

उपत्यकाबाट दैनिक दुईदेखि तीन सय ट्रक फोहर व्यवस्थापन गरिँदै आएकोमा अहिले सडकमा समस्या भएकाले दैनिक एक सय टनको हाराहारीमा मात्रै फोहर उठ्ने गरेको काठमाण्डौ महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिइन्  । आधाभन्दा कम फोहर उठेकाले फेरि उपत्यकाको चोकचोकमा फोहर थुप्रिन थालेका छन् ।

महानगरपालिकाले घरबाट फोहर उठाएपछि बञ्चरे डाँडासम्म पुर्‍याउन सडक बिग्रेर समस्या भएपछि अस्थायी व्यवस्थापन थालेको छ । महानगरपालिकाले टेकुको ट्रान्सफर स्टेशनमा रहेको फोहरलाई जीवातु (कुहाउने झोल) राखेर प्लास्टिकले छोपेको छ । सहरमा उत्पादन भएको फोहर सङ्कलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहर छोपिएको राईले बताइन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस