न्युजिल्याण्डको घरेलु क्रिकेट प्रतियोगिताका लागि गौतम अनुबन्ध
आइतबार, आषाढ २६, २०७९ | १५:४६:२०

काठमाडौं : न्युजिल्याण्डको घरेलु क्रिकेट प्रतियोगिताका लागि नेपाली क्रिकेट खेलाडी रित गौतमलाई अनुबन्ध गरिएको छ । यू–१९ राष्ट्रिय टोलीका पूर्व कप्तान रितलाई अकल्यान्डको गिजर सिटी क्रिकेट क्लबले घरेलु प्रतियोगिताका लागि अनुबन्ध गरेको हो ।
क्लबले आइतबार रितलाई ६ महिनाको लागि अनुबन्ध गरिएको जनाएको छ । रित नेपालीका लागि उमेर समूहको क्रिकेटमा दुई अन्तर्राष्ट्रिय शतक बनाउने खेलाडी हुन् । सन् २०१९ मा रितले नेपालको यू–१९ टिमको कप्तानी गरेका थिए । सोही प्रतियोगितामा सिंगापुरविरुद्ध उनले शतक प्रहार गरेका थिए । यू–१६ मा २०१७ मा उनले म्यानमारविरुद्ध शतक बनाएका थिए ।