कपिलवस्तुमा दुई जना पुरुषको शव फेला
आइतबार, आषाढ २६, २०७९ | १६:३०:१७

कपिलवस्तु : कपिलवस्तुमा दुई जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार जिल्लाको छुट्टाछुट्टै स्थानमा २ जना पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
मृत अवस्थामा फेला पर्नेमा बुद्धभूमि नगरपालिका २ बस्ने ४१ वर्षीय खड्क बहादुर ओली र महाराजगन्ज नगरपालिका १० मुजाहनास्थित नेपाल भारत सिमाना नजिकैको खेतमा स्थानीय वर्ष ३८ का धुन्नु धोबी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । दुवै घटनाको अनुसन्धान जारी रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।