जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं : जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४८ वर्षीय रामकृष्ण थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ७ सय ६५ रूपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस