के हो ‘नैरोबी फ्लाई’ ? : कत्तिको घातक छ, कसरी बच्ने ?

काठमाडौं : केही दिन यता नेपालको विभिन्न स्थानमा ‘नैरोबी फ्लाईु अर्थात् एसिड फ्लाईका संक्रमितहरू देखिन थालेका छन्। हालसम्म काठमाडौं, झापा, कञ्चनपुर र तनहुँ लगायतका स्थानमा ‘नैरोबी फ्लाई’ का संक्रमितहरू देखिएका छन्।

विश्वका २० भन्दा बढी देशमा नैरोबी फ्लाईको संक्रमण फैलिएको र छिमेकी मुलुक भारतमा पनि यसको संक्रमण बढ्दै गएका वेला यसका संक्रमित नेपालमा पनि देखिन थालेका हुन्। नैरोबी फ्लाई कालो र खैरो मिश्रित एक प्रकारको सानो किरा हो। यो धेरै वर्षाको समयमा देखिने बताइन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा। गोकर्ण दाहालका अनुसार यो किरा केही गरी माडियो भने यसबाट निस्किने टक्सिनले विभिन्न लक्षण देखाउन थाल्छ। त्यसपछि छाला चिलाउने, छाला पोल्ने र फोका उठ्ने, एसिड लागेको जस्ता लक्षणहरू देखापर्छ। यसको शरीरमा रहेको एसिड हाम्रो छालामा परेको १२ देखि २४ घन्टासम्म यसको असर देखिन थाल्छ। केही समयपछि यो आफैँ ठिक हुने समेत उनले बताए।

यसबाट कसरी बच्ने ?

यो संक्रमण नैरोबी फ्लाई किराले टोकेर नभई यसको शरीरमा रहेको एसिड मानिसको शरीरमा पर्ने हुँदा छालामा यो किरा आएदेखि माड्नेभन्दा पनि उडाएर भगाउनुपर्ने उनले बताए। यस्तै​ अँध्यारो हुनुअघि झ्याल र ढोका बन्द गर्ने, झुलको प्रयोग गर्ने,शरीर पूरै छोप्ने गरी कपडा लगाउने, घरआँगन सफा राख्ने तथा यदि शरीरमा सो किरा बसेको छ र लक्षण देखाउन शुरु गरेको छ भने चिकित्सकलाई देखाउनुपर्ने हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस