पशुपतिमा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन
काठमाडौँ : काठमाडौँ स्थित पशुपतिमा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा दुई दिने ‘राष्ट्रव्यापी सनातन धर्म सम्मेलन’ सुरु भएको छ ।
काठमाण्डौंको पशुपतिक्षेत्रमा सुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले गरेका हुन् । उद्घाटन
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको गुमेको हिन्दुराष्ट्रको पहिचान छिट्टै पुनर्स्थापित हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले नेपालको वैदिक सनातन सभ्यताको बारेमा प्रकाश पारेका थिए भने १००८ स्वामी अमृतानन्द गिरीले नेपाल वैदिक सनातनीहरुको मुख्य स्थल भएको चर्चा गर्दै सबै जागरुक हुनुपर्ने बताए ।
कार्यक्रममा बैंकटेश्वर मन्दिरका पीठाधिस पद्मधराचार्य, लोकेश्वर आश्रमका पीठाधिस दीनदयाल महाराज, किराँत धर्मगुरु मुन्धुमविद् डा। चन्द्रकुमार शेर्मा, शिख समुदायका अगुवा ज्ञानी गुरुवक्स सिंह, सनातन धर्म संस्कृति महासंघका अध्यक्ष आचार्य सुजन अधिकारीलगायतले हिन्दुराष्ट्र पुर्नस्थापनामा जोड दिएका थिए । कार्यक्रममा करिब ६० जिल्लाका धार्मिक अगुवाहरु सहभागी रहेको आयोजकले जनाएको छ ।
सोमबार सकिने कार्यक्रमको बन्द सत्रमा जगमान गुरुङ ,प्रा. डा. सोम प्रसाद खतिवडा, संचारकर्मी बिनु पोखरेल, मोहन लामाले कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाका अध्यक्ष सुजन अधिकारीले जानकारी दिए ।