नक्कली नोटसहित भक्तपुरबाट एक पुरुष पक्राउ

भक्तपुर : नक्कली नोटसहित भक्तपुरबाट एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक ८ भुलाँचा चोकका ३० वर्षीय निर विकार प्रजापति रहेको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत्त जगातीको टोलीले भक्तपुरको सूर्यविनायक भुलाँचा चोकबाट एक हजारको नक्कली नोटसहित पक्राउ गरेको हो ।

आइतबार दिउँसो साढे १२ बजे  एक हजारको नक्कली नोटसहित प्रजापतिलाई नियन्त्रणमा लिई थप आवश्य अनुसन्धानका लागि जगाती वृत्तमा राखिएको महानगरिय प्रहरी वृत्त जगातीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस