काभ्रेमा आज पाँच जनामा कोरोना संक्रमण पुष्टि

काभ्रे : पछिल्लो २४ घण्टामा काभ्रेमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार दुई वटा पिसिआर र २४ वटा एन्टिजेन गरी कुल २६ वटा परीक्षण गर्दा पाँच वटा एन्टिजेन रिपोर्ट पोजेटिभ आएको हो ।

आज थपिएका संक्रमितहरु जिल्लाको नमोबुद्ध नगरपालिकाको रहेको कार्यालयका प्रमुख डा.पुरुषोत्तम राज सेढाईँले जानकारी दिए । नमोबुद्ध नगरपालिकाका चार जना महिला र एक जना पुरुष गरी पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म जिल्लामा कुल संक्रमितको संख्या १७ हजार ५ सय ६० पुगेको छ । जसमध्ये ८ हजार १ सय ६६ जना महिला र ९ हजार ३ सय ९४ जना महिला रहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस