सात लाख करदाता थपिए
सोमबार, आषाढ २७, २०७९ | ७:४४:४३
काठमाडौं : एक वर्षको अवधिमा करिब सात लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि २०७९ वैशाखसम्मको अवधिमा छ लाख ९२ हजार ७१८ करदाता औपचारिक रूपमा दर्ता भएका हुन् ।
मन्त्रालयको तथ्याङ्कअनुसार यो एक वर्षको अवधिमा एक लाख ९३ हजार ६३९ नयाँ करदाताले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । यससँगै हालसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या १७ लाख ७४ हजार पुगेको छ ।
यो अवधिमा चार लाख ९३ हजार व्यक्तिगत करदाता थपिएका छन् । यो सङ्ख्यासहित हालसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या २९ लाख ६८ हजार पुगेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।