तामाङ सोसाइटी अफ अमेरिकामा नयाँ नेत्तृत्व

अमेरिका तामाङ सोसाइटी अफ अमेरिकामा नयाँ नेत्तृत्व पाएको छ । तामाङ सोसाइटी अफ अमेरिकाको २०२२ देखि २०२५ सम्मको कार्यकालका लागि नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

क्वालिफोनियाको SAN FRANCISCO मा सम्पन्न गरिएको दोश्रो महाधिवेशन बाट निर्वाचित भएका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम शनिवार zoom ID बाट विभिन्न ब्यक्तित्वहरुको उपस्थितिमा समापन गरिएको हो ।

तामाङ समाज अमेरिकाको अध्यक्षमा मन मोहन वाइबा (मोहन) वरिष्ठ उपाध्यक्षमा टेक लामा, उपाध्यक्षहरुमा जैन्द्र लामा,डिम्पल लामा र अनु लामाले जिम्मेवारी पाएको हो। महासचिवमा बिष्णु तामाङ र सचिवमा रमेश योन्जनले जिम्मेवारी पाउँदा कोष अध्यक्षको जिम्मेवारी बिजय लामा र सह-कोष अध्यक्षको जिम्मेवारी बिनोद घिसिङले पाएका छन ।

त्यस्तै सदस्यहरुमा क्रमशः साङ डुपा लामा,ज्ञानेन्द्र घलान,अनिल लामा, दावा लामा, सोभा लामा , अमृता लामा र भुशेन लामाले जिम्मेवारी पाउँदा मिडियाको-अर्डिनेटरको जिम्मेवारी भने पत्रकार राजकुमार गोलेले पाएको तामाङ सोसाइटी अफ अमेरिकाका नव निर्वाचित सचिव रमेश योन्जनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस