आइतबार, फाल्गुण २४, २०८२
रैथाने र परम्परागत बाली संरक्षणका लागि मण्डनदेउपुरमा तीन प्रकारका बैंक स्थापना हुने

काभ्रे : रैथाने र परम्परागत बाली संरक्षणका लागि जिल्लाको मण्डनदेउपुर नगरपालिकामा तीन प्रकारका बैंक स्थापना हुने भएको छ । नगरपालिकाको ११ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको तीन वटा बैंक नगरसभाले पारित गरेपछि स्थापनाको बाटो खुलेको हो ।

‘देउपुर र मण्डनः कृषि र पर्यटन’ मल मन्त्र सहित विकासको चरणमा रहेको नगरपालिकाले ‘बीउ बैंक, श्रम बैंक र भूमि बैंक’ स्थापना गर्न लागेको हो । नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि बीउ बैंक स्थापना गर्ने भएको हो । बीउ बैंक स्थापना र सञ्चालनका लागि बजेटको समेत व्यवस्था गरिएको छ । जसका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बढ्दो श्रमिकको माग धान्न नगरपालिकाले सञ्चालन गर्न लागेको श्रम बैंकले महत्वपूर्ण भुमिका खेल्ने नगरप्रमुख टोक बहादुर वाईबाले बताए। उनका अनुसार अहिले खेती गर्न समेत श्रमिकको अभाव भैरहेका बेला श्रम बैंक मार्फत त्यो माग पुरा गर्न नगरपालिकाले खोजेको हो । नगरपालिकाले ‘श्रम बैंक’ स्थापनाका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० मा ‘भूमि बैंक’ पनि स्थापना गर्ने भएको छ । भुमि बैंकका लागि भने नगरपालिकाले बजेट विनियोजन गरेको छैन ।

सिफारिस

ताजा समाचार

लोकप्रिय