नमोबुद्धमा ५ विदेशी र १ नेपाली सहित ६ जनामा कोरोना संक्रमण

काभ्रे : जिल्लामा आज पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार कतारको दोहा हुदैँ काभ्रेको भकुण्डे आएका बेलायतका ५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुसँगै एक जना स्थानीय महिलामा पनि संक्रमण पुष्टि भएको हो ।

२१ जना विदेशी र ६ जना नेपालीमा गरिएको परीक्षणमा ५ जना विदेशी र १ जना नेपाली गरी जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा.पुरुषोत्तम राज सेढाईँले जानकारी दिए । उनका अनुसार संक्रिम विदेशी नागरिक अहिले काठमाडौँको होटलमा आइसोलेसनमा रहेका छन् । त्यस्तै संक्रमित स्थानीय नागरिक पनि होम आइसोलेसनमा रहेको उनले जानकारी दिए ।

लगातार दुई दिनदेखि जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस