आर्थिक वर्ष २०७९/८०को लागि चौंरीदेउरालीद्वारा बजेट सार्वजनिक

काभ्रे : जिल्लाको चौंरीदेउराली गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० को बजेट सार्वजनिक गरेको छ । सोमबार एक समारोहका बीच गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङले बजेट सार्वजनिक गरेका हुन् । गाउँपालिकाले कुल बजेट ५९ करोड ३८ लाख ३५ हजार ल्याएको छ ।

जस अन्तर्गत प्रदेश वित्तिय समानीकरण तर्फ ८६ लाख ७६६ हजार, प्रदेश सशर्त अनुदान चालु २ करोड ५६लाख ६० हजार, प्रदेश समपुरक २ करोड ५१ लाख ६७ हजार, प्रदेश विशेष अनुदान चालूू ७० लाख, संघ वित्तिय समानिकरण ९ करोड ७२ लाख, संघ ससर्त चालू २४ करोड ८३ लाख, सवारी साधन कर बाँडफाँड अनुमानित २ करोड २० लाख ६७ हजार, संघीय राजस्व बाँडफाड अनुमानित ८ करोड १८ लाख ३८ हजार, आन्तिरिक श्रोत राजस्व प्रक्षेपण ६० लाख, आन्तरिक श्रोत मौज्दात अनुमानित ५ करोड १ लाख २७ हजार, आन्तरिक श्रोत क्रमागत अनुमानित १ करोड अनुमान गरिएको छ ।

त्यसैगरी गाउँपालिकाले सामाजिक विकासमा सबैभन्दा बढी ३९ प्रतिशत बजेट विनियोजन गरिएको छ । त्यसैगरि पूर्वाधार विकासमा ३० प्रतिशत, आर्थिक विकासमा २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ११ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाद्वारा सार्वजनिक बजेट :

आर्थिक विकास रु. २ करोड ५६ लाख ७५ हजार (२०%)
सामाजिक विकास रु. ५ करोड ०८ लाख ४१ हजार (३९%)
पुर्वाधार विकास रु. ३ करोड ९५ लाख ६० हजार (३०%)
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र रु. १ करोड ४५ लाख ५० हजार (११%)

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रेणुका चौंलागाईंले पेश गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष तामाङले पेश गरेको बजेट सर्वसम्मत पारित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस