काठमाडौंको भृकुटीमण्डपस्थित ह्विलचेयर गोदाममा आगलागी

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपस्थित ह्विलचेयर गोदाममा आज दिउँसो आगलागी भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बुधवार दिउँसो करिब ३ बजेबाट गोदाममा लागेको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन ।

अहिले दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । अहिलेसम्म मानवीय क्षति नभएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको कारणसमेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस