मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सप्तरी : सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका–६ मा बुधबार राति मोटरसाइकलको ठक्करले दिदाँ रुपनीका गाउँपालिका वडा नं ६ का ५५ वर्षीय दीपनारायण मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ४ प १३३४ नम्बरको मोटरसाइकलले पैदल यात्री मेहतालाई पूर्व पश्चिम राजमार्गको वीरेन्द्रबजारमा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते मेहतालाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस