हात्तीको दाह्रा ओसारपसारमा संलग्न रहेका फरार प्रतिवादी पक्राउ

काठमाडौं : १५ किलो हात्तीको दाह्रा ओसारपसारमा संलग्न रहेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम, जितपुर–१, झरनाचोक घर भई अर्जुनधारा नगरपालिका–३, खुदुनाबारी बस्दै आएका २५ वर्षीय रमेश राई छन् ।

गत चैत १७ गते काठमाडौं चक्रपथस्थित होटेल ओदानबाट केन्द्रीय अनुसन्धान ब्युरोबाट गएको टोलीले हात्तीको दाह्रा ९आखेटोपहार० १५।६८ किलो अवैधरूपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा भक्ति कुमार लिम्बू, अशोक कार्की र रमेश सुवेदीलाई उक्त आखेटोपहारसहित पक्राउ गरेको थियो ।

सोही घटनामा रमेश राईको समेत संलग्नता देखिएको थियो । पक्राउ परेका राईलाई झापाबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौंमा पठाइएको ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस