बुधबार, माघ २८, २०८२
भुम्लु गाउँपालिकाको निर्णय : करार कर्मचारीको म्याद थप नगरिने

काभ्रे : जिल्लाको भुम्लु गाउँपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले आन्तरिक स्रोतबाट व्यहोर्ने गरी गाउँपालिकाले सेवा करारमा लिई राखिएका कर्मचारीहरुको म्याद नथप्ने निणर्य गरेको हो । गाउँपालिकाले आज एक सूचना जारी गर्दै विभिन्न क्षेत्रमा कार्यरत सेवा करारमा रहेका कर्मचारीहरुलाई श्रावण १ गतेदेखि हाजिर नगराउन सूचना मार्फत निर्देशन दिएको छ ।

गाउँपालिकाबाट प्रकाशित अनुसार, ‘गाउँपालिका कार्यालयले नयाँ परिक्षा मार्फत उम्मेदवार छनौट गरी सेवा करारमा लिने निणर्य गरेको जनाएको छ । ‘गाउँपालिका कार्यालयबाट मिति २०७९।०३।२९ मा भएकाले तहाँ कार्यालयमा कार्यरत सेवा करारमा रहेका कर्मचारीहरुलाई मिति २०७१।०४।०१ देखि हाजिर नगराउनु हुन अनुरोध गरिन्छ ।’

साथै नयाँ परिक्षा लिई नयाँ उम्मेदवार छनौटका लागि लाग्ने समय सम्मका लागि सामुदायिक विद्यालयहरु बाहेक अन्य कार्यालयमा हाल कार्यरत कर्मचारीहरुलाई नै (इच्छुक भएमा मात्र) दैनिक ज्यालादारीमा काममा खटाउनु हुन समेत निर्देशन दिएको छ ।

म्याद थप नहुनेमा गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने गरी गाउँपालिकाले सेवा करारमा राखिएका गाउँपालिका भित्रका सामुदायिक विद्यालय, विषयगत शाखा, वडा कार्यालय, भुम्लु आधारभूत अस्पताल, स्वास्थ्य चौकी र भुम्लु प्रयोगशालाका कर्मचारीहरु रहेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय