काभ्रेका चार जनामा कोरोना संक्रमण पुष्टि
बिहिबार, आषाढ ३०, २०७९ | २१:४१:३८

काभ्रे : जिल्लामा आज थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा आज एक जना संक्रमित उपचारपछि संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको १६ वटा पिसिआर र १ वटा एन्टिजेन गरी १७ वटा परीक्षणमा ३ वटा पिसिआर र १ वटा एन्टिजेन गरी चार वटा रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम राज सेढाईँले जानकारी दिए ।
उनका अनुसार जिल्लामा अहिले २१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १० जना अस्पताल आइसोलेसन र ११ जना होम आइसोलेसनमा उपचाररत रहेको डा.सेढाईँले बताए ।