बागमती नदीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु

रौतहट : बागमती नदीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मत्सरीका मनोज झाका १३ वर्षीय छोरा हर्ष र वडा नं २ भलोहियाका गोवरी दासका नाति १३ वर्षीय आदित्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

कार्यालयका अनुसार हर्ष र आदित्य सहित ६ जना बिहीबार बिहान ७ बजे नदीमा नुहाउन गएका थिए। उनीहरू घर नफर्किएपछि अभिभावकले खोजतलास गर्दा नदी किनारमा लुगा, पाठ्यपुस्तक, साइकल, चप्पल फेला परेका थिए। त्यसपछि बिहीबार ११ बजेदेखि स्थानीय‚ सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले खोजतलास शुरू गरेका थिए।

रातिसम्म नभेटेपछि खोजी कार्य रोकेका थिए। शुक्रबार बिहानैदेखि पुनः खोजी गर्दा दुर्गा भगवती(३ स्थित नदी किनारमा आदित्यको र वडा न् ५ बडहर्वा नजिक निर्माणाधीन पुल छेउ हर्षको शव फेला परेको रौतहट प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका जिल्ला अस्पताल गौर लैजाने तयारी भएको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय